मायादेवी अनलाइन, चारनम्बर ।
रोटरी क्लव अफ कपिलवस्तु मिडटाउनले अर्को उदाहरणीय काम गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरीले बाणगंगा नगरपालिका २ नन्दनगरमा रहेको कैलाश आश्रम गुरुकुलममा विद्यार्थीलाई खेल सामाग्री हस्तान्तरण गरेर नमुना काम गरेको हो । क्लवका अध्यक्ष नरेश पौडेलको अध्यक्षता, वडा नम्बर १ का वडाध्यक्ष बाल कुमारी पन्त (अधिकारी) को प्रमुख आतिथ्यमा शनिबार फुटवल, गोलपोष्टको जाली, ब्याडमिन्टन, कक आदि वितरण गरिएको हो ।
साथै क्लवले चउरमा रहेको काठको गोलपोष्ट हटाएर फलामको व्यवस्थित गोलपोष्ट पनि बनाइदिएको छ । खेल सामग्री पाएपछि विद्यार्थी पनि खुसी भएका छन् । क्लवका अध्यक्ष पौडेलले गुरुकुलम् संचालनको लागि धेरै समस्या थाहा पाएपछि खेल सामाग्री हस्तान्तरण गर्ने स्थान नन्दनगरलाई छनोट गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले रोटरीले निकै राम्रो काम गरेको बताउनु भयो । जन्मेपछि मानिसले धर्म कमाउन धेरै विधि प्रकृया अपनाउने गरेकोे स्मरण गर्दै रोटरीले गुरुकुलममा सहयोग गरेर स्वतहः धर्म कमाएको बताउनु भयो । सहयोग गर्ने धेरै ठाउँ भए पनि नन्दनगरको गुरुकुलम् छनोट गरी बटुकका समस्यामा केन्द्रित भएकोमा प्रमुख अतिथि अधिकारीले धन्यबाद दिनुभयो ।
क्लवका संस्थाक अध्यक्ष लक्ष्मण अधिकारीले रोटरीले आगामी दिनमा पनि यस्ता सहयोग गर्ने भन्दै प्राप्त खेल सामाग्रीलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । क्लवका पूर्व अध्यक्ष बासुदेव घिमिरेले स्वागत मन्तव्य राख्दै रोटरी क्लवको काम र पृष्ठभूमिबारे जानकारी गराउनु भएको थियो ।
रोटर्याक्ट क्लव अफ कपिलवस्तु मिडटाउनले पनि सहयोग गरेको कार्यक्रममा नन्दननगर गुरुकुलमका अध्यक्ष दयाराम घिमिरे, सामुदायिक रेडियो प्रसारक संघ कपिलवस्तुका संयोजक तथा रेडियो मायादेवीका स्टेसन म्यानेजर आरटिआर चन्द्रकान्त न्यौपाने, गुरुकुलमका प्रधानाध्यापक कृष्ण प्रसाद पोख्रेल, गुरु युवराज बेलबासे, नवदुर्गा मन्दिरका अध्यक्ष खुमानन्द घिमिरे, रोटरी र रोटर्याक्ट क्लवका अन्य पदाधिकारी लगायतको सहभागिता थियो । क्लवले आगामी दिनमा डिष्ट्रिकबाटै सहयोग हुने गरी आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । कार्यक्रमको संचालन रोटरियन मोहन बेलबासेले गर्नुभएको थियो ।
प्रतिक्रिया