८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

देशभरि १ सय ४७ जना आईसीयूमा उपचाररत



काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार २२१ जनाको परीक्षण गर्दा ५९ जना महिला र ९८ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ । उनीहरुमध्ये २ लाख ६५ हजार ६९८ जना सङ्क्रमण मुक्त भएका छन् भने २ हजार २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार २२ संक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १ हजार २ सय ४९ जनाको होम आइसोलेसनमा छन् भने १ सय४७ जनाको आईसीयू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७७ शुक्रबार ००:००  ६ : ५५ बजे