पाल्पा ।
कुलोमा डुबेर शुक्रबार पाल्पामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–५ मटेरीका योगमाया थापाको १९ महिनाका छोरा प्रतीन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
शिशु घर अगाडि रहेको कुलोमा शुक्रबार मध्याह्न १२ बजे डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
योगमायाले कुलोबाट निकालेर उपचारको लागि रामपुर अस्पतालमा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पचभैयाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया