८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाणगंगामा कोरोना खोप लगाउन सुरुः डा.महतोलाई पहिलो र प्रमुख पौडेललार्ई दोश्रो खोप



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोना खोप (कोभिडशिल्ड) लगाउन सुरु भएको छ । वडा नम्बर २ मा रहेको पिपरा अस्पतालबाट नगरमा पहिलो डोजको खोप लगाउन सुरु भएको हो । शुक्रबार विहान साढे १० बजे अस्पतालकी प्रमुख डा. रञ्जिता महोतोले नगरमा पहिलो खोप लगाउनु भयो ।

तालिम प्राप्त स्वास्थ्यकर्मी (स्टाफ नर्श) रंजना कुवँरले महतोलाई खोप लगाइदिनु भएको थियो । लगत्तै नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले दोश्रो खोप लगाउनु भएको थियो । शुक्रबार खोप शुभारम्भ सत्रमा अस्पतालका डाक्टर अनन्त अधिकारी, कार्यरत सरस्वती पन्थी, कुल प्रसाद पन्थ र चोपकान्त न्यौपानेसहित १० जनाले खोप लगाएका छन् । तालिमप्राप्त स्वास्थ्यकर्मीको आवश्यक परामर्शपछि खोप लगाएको छ ।

खोप लगाएपछि मायादेवीसंग छोटो प्रतिक्रिया दिँदै अस्पतालकी इन्चार्ज रञ्जिता महतो र स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले खुशी ब्यक्त गर्नुभयो । कोरोनाको जोखिम कतिखेरसम्म भन्ने निश्चित नभएको अवस्थामा खोप लगाएपछि ढुक्क भएको उहाँहरुले बताउनु भयो । उहाँहरुले अब २८ दिनपछि दोश्रो डोज लगाउनु हुने छ । आज नै पिपरामा २ सय बढीलाई खोप लगाइने डाक्टर महतोले जानकारी दिनुभयो ।

अब जिल्ला अस्पतालका तालिम प्राप्त डाक्टरबाट आवश्यक तालिम लिएपछि पिपरा अस्पतालबाटै खोप लगाउने कार्य हुने पनि जनाइएको छ ।

फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव बाहनचालकहरुलाई पहिलो चरणमा खोप लगाइने र त्यसपछि अरुलाई लगाइने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश अधिकरीले जानकारी दिनुभयो ।

उहाँले सरकारले पिपरा अस्पतालाई पनि सरकारले कोरोना खोप केन्द्र तोकेकाले अब यस क्षेत्रको लागि यहीबाट खोप लगाइने अधिकरीले बताउनु भयो।

प्रकाशित मिति : १६ माघ २०७७ शुक्रबार ००:००  ११ : २९ बजे