८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सिनियर अनमी भारतीको कोरोनाले ज्यान लियो



नेपालगञ्ज ।
कोरोनाबाट सिनियर अनमी रमा भारतीको मृत्यु भएको छ । बाँकेको टिटिहिरिया स्वास्थ्य चौकीमा कार्यरत ४२ वर्षीया भारतीको कोरोनाबाट शुक्रबार बिहान मृत्यु भएको हो ।

भारतीको कोरोना भएको पाँचौ दिन मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, बर्दियाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, भारती बर्दिया स्वास्थ्य प्रमुख गोकर्ण गिरीकी श्रीमती हुन् ।

भारतीको शवलाई बर्दिया लगिएको छ । उनको मगरागढीमा घर रहेको छ । जब्दीघाटमा दाहसंस्कार गर्ने घरपरिवारले बताएका छन् । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

प्रकाशित मिति : १६ माघ २०७७ शुक्रबार ००:००  ९ : २९ बजे