मायादेवी अनलाइन, तौलिहवा ।
ओली पक्षको राष्ट्रिय युवा सघं नेपाल जिल्ला कमिटी कपिलबस्तुको दोस्रो पूर्ण बैठक मदन आश्रित स्मृति भवन तौलिहवामा शुक्रबार बसेको छ ।
नेकपा विभाजन भएर दुई खेमा भएसंगै कपिलवस्तुमा यु्वा संघको पहिलो बैठक बसेको हो ।
प्रचण्ड–माधव निकट मानिएका जिल्ला संयोजक विजय कुँवर र सह–संयोजक कृष्ण कार्कीसहितको उपस्थितिमा बसेको बैठकमा आफुहरुको पूर्ण बहुमत रहेको उक्त समूहका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोपालमणी ज्ञवालीको दाबी छ ।
बैठकलाई पार्टी केन्द्रिय सदस्य किरण पौडेलले सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको प्रतिनिधी सभा विघटनको कदम असंबैधानिक नभई स्वागत योग्य रहेको बताउनुभयो ।
सरकारलाई घेराबन्दीमा राखेर काम गर्न नदिएकाले बाध्य भएर प्रधानमन्त्रीले यो कदम चालेको उहाँले प्रष्टाउनुभयो । देशमा प्रधनमन्त्री ओली भएपछि विकास निमार्णका कामले तीब्रता लिएको बताउँदै ओलीको लोकप्रियता, राष्ट्रियता र चट्टानी अडानका कारण डाह र पदको लोभ गरेकाहरुले पार्टीलाई फुटको संहारमा ल्याएको बताउनुभयो ।
बैठकमा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बोल्दै बर्तमान परिस्थितिमा पार्टीका सबै कार्यकर्ताहरु एकजुट भएर अगाडी बढ्नुपर्ने औल्याउनुभयो ।
पार्टी केन्द्रिय सदस्य बाबुराम खनाल, केन्द्रिय सदस्य तथा अनेमा सघं जिल्ला अध्यक्ष शारदा शर्मा, राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय सदस्य तथा कपिलबस्तु इन्र्चाज गोपालमणी ज्ञवाली लगायतले बोल्दै पार्टीले देशमा गरेका राम्रा कामको प्रचारप्रसारलाई जोड दिनुपर्ने बताउनुभयो ।
बैठकले माघ २४ गते जिल्ला कमिटीको विस्तारित बैठक पार्टी कार्यालय तौलिहवामा आयोजना गर्ने निर्णय गरेको छ भने रिक्त पदहरुमा मनोनयन गरि संगठन विस्तार गर्ने जनाइएको छ ।
यस्तै माघ १३ गते आयोजना हुने राष्ट्रिय युवा सघंको बुटवलमा हुने प्रदेश स्तरिय भेलामा जिल्लाबाट व्यापक सहभागीता जनाउने लगायतको निणर्य भएको जिल्ला संयोजक कुवँरले जानकारी दिनुभएको छ । बैठक जिल्ला सह–संयोजक कार्कीको संचालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया