९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेता गिरधारीलालले भनेः आफ्नै सरकार ढाल्न खोज्नेहरुका कारण पार्टीमा समस्या आयो



मायादेवी अनलाइन, चार नम्बर ।
नेकपाका केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले आफ्नै सरकार ढाल्न खोज्नेहरुका कारण नेकपामा समस्या श्रृजना भएको बताउनु भएको छ ।

नेता न्यौपानेले नेकपा कपिलवस्तुको पूर्ण वैठकलाई विहिबार सिद्धार्थ सभाहल बुङ्चीमा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । नेता न्यौपानेले कार्यकर्ता फुटको पक्षमा नभई जुटको पक्षमा रहेको तर्क गर्दै मूल धारमा रहन सबै पार्टी कार्यकर्तालाई आग्रह गर्नु भयो ।

पूर्ण वैठकमा नेकपाका केन्द्रिय सदस्य एवम् कपिलवस्तु सह–इन्चार्ज बिमला घिमिरेले राष्ट्रलाई दूर्घटनाबाट जोगाउन प्रधानमन्त्रीले निर्वाचनमा जाने निर्णय गर्नु परेको बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य समेत रहनु भएका नेता घिमिरेले निर्वाचनका वखत जनताका सामु गरेका प्रतिवद्धताहरु केही पुरा भएका र केही पुरा हुने क्रममा रहेको तर्क गर्दै सरकारका कामको चर्चा गर्नु भयो ।

पूर्ण वैठकमा नेकपाका केन्द्रिय सदस्य एवम् प्रदेश कार्यालय सचिव बलराम अधिकारी, नेकपाका प्रदेश सल्लाहकार सदस्य इन्द्रमणी पौडेलले मन्तब्य राख्नु भएको थियो ।

नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलद्धारा वैठकमा प्रस्तुत नेकपाको जिल्ला सचिवालय विस्तार, गाउँ, नगर कमिटी एवम् जनवर्गिय संगठनका वैठक, भेला, प्रशिक्षणहरु संचालन गर्ने लगायतका विषयवस्तु समेटेको कार्ययोजनालाई कार्यान्वयन गर्ने निर्णय गरेको नेकपा कपिलवस्तुले जनाएको छ । सोही वैठकले नेकपाका नेताहरुको कार्य विभाजन समेत गरेको जनाएको छ ।

तस्बीर फाइल

प्रकाशित मिति : ८ माघ २०७७ बिहिबार ००:००  ६ : २४ बजे