९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ओलीलाई नेकपाको साधारण सदस्यबाट हटाउने माधव नेपालको घोषणा



काठमाडौं ।
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत हटाउने घोषणा गरेका छन् ।

बिहीबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य नै नरहने गरी पार्टीबाट निष्काशन गर्ने बताएका हुन् । ओली कम्युनिष्ट नभएको तथा हुन लायक पनि नभएकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने उनले बताए ।

ओलीको असली रुप देखिएको भन्दै उनले ओलीकै कारण गणतन्त्र धरापमा परेको टिप्पणी गरे । राजतन्त्र फालेर गणतन्त्र ल्याउने आन्दोलन भइरहँदा ओलीले बयलगाडाको कुरा गरेको उनको भनाइ थियो ।

आफूहरुले तीन दिनको समय दिएर स्पष्टिकरण सोधेको उल्लेख गर्दै नेता नेपालले त्यसको जबाफ नदिएकाले ओलीलाई पार्टीबाट निष्काशन गर्नुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : ८ माघ २०७७ बिहिबार ००:००  ६ : ०६ बजे