शहबाज खान, कपिलवस्तु ।
अवैध भारतीय रकमसहित कृष्णनगरबाट एक जना पक्राउ परेका छन् । शसस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट कृष्णनगरले भारतबाट अबैध रुपमा भित्राईएको पाँच लाख चौतिस हजार पाच सय पचहत्तर भारतीय रुपैया बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट चेक प्वाइंटमा शसस्त्र प्रहरी नायब निरीक्षक ठाकुर बहादुर केसीको कमान्डमा खटिएको टोलीले उक्त रकम बरामद गरेको हो ।
भारत तर्फबाट नेपाल आउँदै गरेको पैदलयात्री बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका वडा नं. ५ का ३१ वर्षका भागिलाल विकको झोला चेकचाज गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।
चेकचाज गर्ने क्रममा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट कृष्णनगरको टोलीले बिहिवार बिहान १० – ११ बजेको समयमा उक्त भारतीय रकम बरामद गरेको हो ।
बरामद गरिएको रकम र पक्राउ परेका केसीलार्ई आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तैयारी भैरहेको शसस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट कृष्णनगरका शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले बताएका छन् ।
प्रतिक्रिया