९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ओलीको टिप्पणीः प्रचण्ड–माधवको ‘प्रेम’ सिनेमाको जस्तो



काठमाडौं ।
आफूपक्षीय पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंको राष्ट्रियसभामा आयोजित पत्रकारको भेलामा बोल्दै उनले भने– कोही कोहीले तमासा गरिरहेका छन् । हुँदै नभएको प्रेमलाई पनि औधी प्रेम भए जस्तो देखाइरहेका छन् । सिनेमा हिरो हिरोइनबीच प्रेम भएको देखाए पनि वास्तवमा भएको हुँदैन । उहाँहरु त्यस्तै नाटक गरिरहनु भएको छ ।

आफूले सुशासन र समृद्धिको अभियान चलाउँदा प्रचण्ड–माधव नेपाललाई नपचेको पनि उनले बताए ।

प्रकाशित मिति : ८ माघ २०७७ बिहिबार ००:००  ३ : ११ बजे