काठमाडौं ।
बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा दुई अर्ब ३२ करोड रुपैयाँ बढी राजस्व असुली गरेको छ ।
भन्सार कार्यालयको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य सात अर्ब ५८ करोड रुपैयाँ रहेकोमा नौ अर्ब ९० करोड अर्थात् करिब ३१ प्रतिशत राजस्व असुली गरेको हो ।
चालु आर्थिक वर्षको पहिलो महिनामा १ सय ७७ प्रतिशत राजस्व असुली गरेको नेपालगञ्ज भन्सारले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १ सय ३८ प्रतिशत राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयको यस वर्ष १५ अर्ब १८ करोड राजस्व असुली गर्ने लक्ष्य रहेकोमा सजिलै पूरा हुने सङ्केत देखिएको छ ।
प्रतिक्रिया