९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रिय युवा संघले उडायो कालो बेलुन



काठमाडौं ।
राष्ट्रिय युवा संघ नेपालले आज प्रतिनिधिसभा विघटनविरुद्ध कालो बेलुन उडाएर विरोध गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा युवा संघले कालो बेलुनमा ब्यानर झुण्डाएर बेलुन उडाएको हो।

बेलुनमा निरंकुशता चाहिँदैन, संसद् विघटन गर्न पाइँदैन लेखिएको छ। संसद विघटनको विरोधमा उडाएको ब्यानरमा ‘बयल गाढा चढेर गणतन्त्र आएको होइन’ समेत लेखिएको छ। राजालाई तह लगाउन र गणतन्त्रमा जाने उद्घोषसहित दलहरूले सडक आन्दोलनमा उत्रिदा केपी ओलीले ‘बयल गाढा चढेर अमेरिका पुगिन्न’ भन्दै कटाक्ष गरेका थिए। ओलीलाई देशमा गणतन्त्र आउँछ र विघटित संसद पुनस्थापना हुन्छ भन्ने विश्वास नभए पनि देशमा गणतन्त्र स्थापन भएरै छोड्यो।

अहिले गणतन्त्रको जगमा बनेको सरकारको नेतृत्व ओलीले गरेका छन् । बिडमबना पुस ५ गते ओलीले राजा महाराजकै शैलीमा संसद् विघटन गरिदिए। त्यसयता नेकपा दुई विभाजित भएको छ। नेकपाको प्रचण्ड-नेपालले संसद् पुनस्थापनका लागि संघर्ष गरिरहेका छन् । संसद विघटनको विरोधमा युवा संघ नेपालले देशभर साढे २ बजे कालो बेलुनमा उक्त नाराहरू लेखेर बेलुन उडाएको हो ।

प्रकाशित मिति : ८ माघ २०७७ बिहिबार ००:००  २ : ३३ बजे