मायादेवी अनलाइन, चारनम्बर ।
प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेस वाणगंगाका ११ वटै वडामा आज विरोध प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोध स्वरुप केन्द्रिय कार्यक्रम अनुसार वाणगंगाका सबै वडामा विरोध कार्यक्रम भएको हो ।
उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज देशभरका छ हजार सात सय ४३ वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको हो ।
प्रदर्शनका लागि वडा नं. ११ को कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य अतहर कमाल मुसलमालले सम्बोधन गर्नुभएको छ ।
अरु वडामा जिल्ला तथा क्षेत्र स्तरका नेताहरुले सम्बोधन गरिरहेका छन् ।
प्रतिक्रिया