९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रुकुम पश्चिमको आठबीसकोटमा लगाइएको निषेधाज्ञा हट्यो



रुकुम पश्चिम ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ नम्बर वडाको राडीबजारमा लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले बिहीबार दिउँसो १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र ६ ९३ क० बमोजिम गएको ६ गते बेलुकी ५ बजेदेखि चार किल्ला तोकेर लगाइएको निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो । नेकपा दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच ६ गते दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा लगाएको थियो । अहिले अवस्था सामान्य रहेको भन्दै प्रशासनले निषेधाज्ञा हटाएको जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७ बिहिबार ००:००  २ : १३ बजे