चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
पार्टी विभाजन उन्मुख भएपछि अहिले नेकपाका दुई धारका नेताहरु एकले अर्कालाई नङ्ग्याउने गरी भाषण गरिरहेका छन् ।
देश दौडाहामा रहेका प्रचण्ड-माधव समुह र प्रधानमन्त्री केपी ओली समुहका नेताहरु जहाँ जहाँ जान्छन्, त्यहाँ-त्यहाँ एकले अर्काको जरो खनेकै हुन्छन् । यो क्रम शीर्ष नेता देखि तल्लो तहका नेतासम्म आइसकेको छ ।
केही हप्ता अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकास्तरीय भेलामा प्रचण्ड–दाहाल समहुलाई सुन्तलाघारी छोडी सल्लाघारीमा जाँदा यस्तै हुन्छ भनी ब्यङग्य गरे । त्यसपछि यो भाषण सामाजिक संजालदेखि सर्वसाधारणसम्म चर्चित बनेको थियो ।
त्यो भाषणपछि नेकपाका नेताहरु थप चिढिए पनि । कहिले भगौडा, कहिले केटाकेटीको उपमा पाइरहेको अवस्थामा लुम्बिनी प्रदेश प्रदेश सभा सदस्य तथा नेकपाका प्रभावशाली नेता विष्णु पन्थीले सुन्तला र सल्लाघारी नामक प्रधानमन्त्रीको भाषणमाथि काउण्टर गरेका छन् ।
मंगलबार नेकपा कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा विस्तारित वैठकलाई सम्बोधन गर्दै नेता पन्थीले केपीले आफूहरुलाई सल्लाघारीमा गएको भनेकोमा बधाई दिए । सुरुमा शालिन हुँदै एकाएक आक्रामक बनेका पन्थीले सुन्तला र सालको तुलना गर्दै साल बढी बलियो हुने तथ्य बताए ।
उनले भने– ‘हामीलाई सल्ला भनेकोमा दुख मान्नु पर्ने केही पनि छैन । सुन्तला त सिजनको फल हो । सल्लो सयौँ वर्ष बाँच्न सक्छ । यस अर्थमा हामी सल्लाघारीमा छौँ । हामी सल्ला नै हौँ । उहाँहरु सुन्तलाघारी हुनहुन्छ । उहाँहरु सुन्तला नै हो । भन्नुस-काम्रेडहरु सुन्तला बलियो हुन्छ कि साल ?उहाँले ठिक उदाहरण दिनुभयो ।’
नेता पन्थीले केपी ओली नामक सुन्तलाको बोटको जरोटुप्पो दुवै सुकेको हुनाले त्यहाकाँ फलहरु केही दिनमै कुहिने बताउनु भयो । सुन्तलाघारीका धेरै फलहरु निश्चित समयका हुन् । संरक्षण गरेर राखिए पनि ती एकदिन कुहिएरै छोड्छन् । कतिदिनसम्म ती सुन्तला सग्लै रहन सक्छन् र ? कुहिने सुन्तला भनेर पन्थीले ओलीका कार्यकर्तालाई भन्नु भएको हो ।
‘सुन्तला सुकेपछि त्यसका दाउरा र काण्ड पनि काम नलाग्ने भन्दै ओली नामक बोटमा फलेका सुन्तला पनि कामै नलाग्ने हुन्छन् । साल त सुकेपछि धेरै काम लाग्छ । धेरै उपयोगमा आउँछ’ उहाँको भनाई छ । पन्थी ओलीमाथि यसरी पहिलोपटक बढी आक्रामक रुपमा प्रस्तुत हुनु भएको थियो । उहाँले भन्नुभयो “ओलीले लोकतन्त्रको घाँटी निमोठे, अनेक भ्रम अझै पनि छर्दै छन् । त्यसको पछि कोही पनि नलागौँ ।”
तीन बर्षसम्म कुनै माखो मार्न नसकेपछि त्यसको दोष माधव र प्रचण्डमाथि थोपरेर ओली उम्कन खाजेको पनि उहाँले आरोप लगाउनु भयो । दुई तिहाइको सरकार प्रमुख भएर पनि हावादारी गफ गरेर टाइम पास गरेको भन्दै अगाडी भन्नुभयो–‘मन्त्रीदेखि सारा नियुक्तिमा आफ्नै मान्छे भर्ना गर्ने, पार्टीसंगको छलफलविनै ११ पटकसम्म मन्त्रीमण्डल विस्तार गर्ने, पार्टीका वैठकमा नआउने, भ्रष्टाचार गर्ने, भ्रष्टाचारीको संरक्षण गर्ने, अपराधीलाई छ्टकारा दिर्ने कार्य कसले गर्यो ? अनि माधव र प्रचण्ड काम्रेडलाई काम गर्न दिएनन् भन्न मिल्छ ?
पन्थीले नेपालको कम्युनिष्ट मुभमेन्टमा केपी ओलीजस्तो धोकेबाज हिजो पनि नभएको र आगामी दिनमा कहिल्यै कोही नआउने पनि जिकिरि गर्नुभयो । केपी ओलीको सही मुल्यांकन इतिहासले जिकिर गर्दै संस्द पुर्नस्थापना हुनेमा उहाँको विश्वास छ ।
प्रतिक्रिया