एजेन्सी ।
इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४–० गोलले हराएको छ । आज बिहान भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई फराकिलो गोल अन्तरले हराएको हो ।
सिटीका जोन स्टोनेसले खेलको २६ औं र ६८ औं मिनेटमा एकरएक गोल गरे । त्यस्तै इल्के गुण्डोगनले खेलको ५६ औं र रहिम स्ट्रलिङले ८८ औं मिनेटमा गोल गरे ।
जितसँगै १७ खेलबाट ३५ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ । राति भएको अर्को खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले भने बराबरी खेलेका छन् । शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १८ खेलबाट ३७ अंक पाएको छ ।
प्रतिक्रिया