९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आजको मौसमपूर्वानुमानः हिमपातसहित केही स्थानमा पानी पर्ने सम्भावना



काठमाडौँ ।
प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका धेरै भूभागहरूमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसबाहेक देशका बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नम्बर १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार शुक्रबार राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागहरुमा आंशिक बदली रहने देखिन्छ ।

अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ माघ २०७७ शुक्रबार ००:००  ८ : १५ बजे