मायादेवी अनलाइन, बैरिया ।
जिल्लाको व्यापारिक केन्द्र वन्दै गएको वाणगंगामा नयाँ नयाँ व्यवसाय धमाधम खुल्न थालेका छन् । कोरोना महामारीका कारण लामो समय सम्म व्यापार व्यवसाय मारमा परेपनि पछिल्लो समय सामान्य बन्दै गएपछि व्यवसायीक क्षेत्र पुन सुचारु हुन थालेका हुन् । माघे सक्रान्तीको दिन पारेर वाणगंगा १ बैरियामा खुलेको केसी सर्जिकल सप्लायर्सले सेवा सुभारम्भ गरेर व्यवसायिक कारोवार शुरु गरेको छ । केसी सप्लायर्सले लुम्बिनी प्रदेश लगाएतका बजारलाई मध्य नजर गरी सर्जिकल सम्बन्धी होलसेल तथा फुटकर विक्री शुभारम्भ गरेको हो ।
लुम्बिनी प्रदेश भरीलाई सेवा पु¥याउने लक्ष्य रहेको उक्त सप्लायर्सको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले उद्घाटन गर्नुभएको छ । उहाँले नागरिकको सुविधाको लागि स्वास्थ्य क्षेत्रको बजारको माग बढिरहेकाले सर्जिकल व्यवसाय फस्टाउने बताउनुभयो । उद्घाटन कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य डोलकराम घिमिरेले उक्त व्यवसायले प्रदेशको अर्थतन्त्रमा टेवा पु¥याउने बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघका सचिव मनोज पौडेलले युवा क्षेत्रले स्वदेशमै व्यवसाय संचालन गरेर विभिन्न अवसर सिर्जना गर्न लागिपरेको बताउनुभयो ।
सप्लायर्सका निर्देशक सुरेश केसीले आफुले यसक्षेत्रका सरकारी तथा नीजि अस्पताल, स्वास्थ्य संस्था, मेडिकल, सर्वसाधारणलाई लक्षित गरेर वाणगंगामा वृहत सर्जिकल सम्बन्धी होलसेल विक्रीका लागि व्यवसाय शुरु गरेको बताउनुभयो । त्यस्तै सप्लायर्सका व्यवस्थापक अम्बिका कुँवर केसीले आफु यहि विषयमा दक्ष रहेकाले आम नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरयुक्त सामान उपलब्ध गराउने जानकारी दिनुभयो । पछिल्लो समय कोरोनाका कारण अन्य व्यवसाय मर्कामा परेपनि स्वास्थ्य क्षेत्रको बजार भने बढ्दै गएपछि यसतर्फको आकर्षण बढेको हो ।
प्रतिक्रिया