९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लुम्बिनी प्रदेश सरकारद्धारा दुई दिन सार्वजनिक विदा



मायादेवी अनलाइन, बुटवल ।
थारु समूदायको ठूलो चाड माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले दुई दिन विदा दिएको छ । आज विहीबार र भोलि शुक्रबार विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले बैशाख १० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेशभर दुई दिन विदा दिइएको जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशमा दाङ, कपिलवस्तु, बाँके, बर्दिया र रुपन्देहीमा माघी मनाउने थारु समूदायको बसोबास धेरै छ । माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेशका विभिन्न तीर्थस्थलहरुमा संक्रान्ति मेला लाग्ने गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७७ बिहिबार ००:००  ८ : ३१ बजे