एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ ।घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई १-० ले पराजित गरेको हो ।
सिटीको जितमा फिल फोडेनले निर्णायक गोल गरे ।खेलको ४४ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा फोडेनले निर्णायक गोल गरेका हुन् ।
यस्तै खेलको इन्जुरी समयमा रहिम स्ट्रर्लिङले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।
जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटीले १६ खेलमा ३२ अंक जोडेको छ । ब्राइटन १४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया