काठमाडौं ।
नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी छोड्न परे कुर्सी नै भाँचिदिने मान्यताको मानिस भएको बताएका छन् ।
आज काठमाडौंमा आफू पक्षका नेता, कार्यकर्ता भेलामा बोल्दै उनले प्रतिनिधि सभा विघटनपछि ओली एक्लो र निरिह भएको दाबी गरेका छन् ।
‘केपी ओली एक्लो र निरिह हुनुभएको छ । तर अझै दम्भ सकिएको छैन,’ उनले भने, ‘कुर्सी छोड्न परे कुर्सी भाँचिदिने मान्यताको मानिस हो उहाँ ।’
उनले ओलीलाई ध्वंशकारी मानिस भएको पनि आरोप लगाएका छन् । ‘उहाँले पार्टी बनाउनु भएको छरु,’ उनले प्रश्न गरे, ‘उहाँ ध्वशंकारी हो।’
उनले बा प्रवृत्ति ओलीमा रहेको पनि बताएका छन् । ‘खुसी होलान् कि भनेर मैले पनि केपी बा भनें,’ उनले भने ।
प्रतिक्रिया