९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगाको वडा नं. ११ का गर्भवती महिलाले पाए लोकल कुखुरा, अण्डा र मह



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा ११ हथौसामा ‘दिव्री गर्भ संस्कार सचेतना तथा गर्भवती पोषण’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ सामुदायिक क्लिनिक ओदारीको आयोजना तथा वडा नम्बर ११ कोे आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख मंगल प्रसाद थारुले ११ नम्बर वडामा भएका गर्भवती महिलाहरुलाई पोषिलो खाने कुराहरु दिएकोमा खुसी प्रकट गर्नुभयो । साथै उहाँले नगरले अझै पनि पनि यस्ता कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमका अध्यक्ष वडाअध्यक्ष सोमनाथ अर्यालले वडाका महिलाहरु कुनै कुरामा पछि पर्न नहुने भन्दै गर्भवती महिलाले पोषणयुक्त खानेकुरा खानु पर्ने जनचेतना अझै पनि आवश्यक रहेको बताउनु भयो ।

वडाका सबै गर्भवती महिलालाई सम्मेट्न नसके पनि सचेतनाका लागि यो कार्यक्रम महत्वपूर्ण भएको उहाँको भनाई छ । कार्यक्रममार्फत गर्भवती महिलाहरुलाई अण्डा, लोकल कुखुरा, मह लगायतका पौष्टिक आहारा बाँडिएको थियो ।

No description available.


कार्यक्रममा वडा सदस्य, सु-आहारा बानपा प्रतिनिधि हिरा केसी, हथौसा स्वास्थ केन्द्र प्रमुख राजु सुनारी, वडा नं. ११ का सम्पुर्ण महिला स्वास्थ सयमसेबिका, वडा नं. ११ वडा बाल सहजकर्ता उदयराज तिवारी साथै वडा बाल संजालका अध्यक्ष बिन्दु कोइराला र बिपन्न गर्भवती महिलाहरुको सहभागीता थियो । कार्यक्रम वडा सचिव राम प्रसाद सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७७ बुधबार ००:००  ६ : ०६ बजे