बुटवल ।
प्रतिनिधिसभा विघटन गरिएको विरोधमा बुटवलमा विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु रुपन्देहीको आयोजनामा बुधबार लुम्बिनी प्रदेशको कार्यालय अगाडी विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले असंवैधानिक कदम राखेज गनुपर्ने, सगरमाथाको बिषयमा भ्रमात्मक प्रचार गर्ने भारतीय मडिया जि न्युज नेपालमा बन्द गर्नुपर्ने, सरकारले महङ्गी नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।
अनेरास्ववियुका केन्द्रीय सदस्य अनुप पोखरेलले प्रदर्शनपश्चात् आयोजित कोणसभामा बोल्दै प्रधानमन्त्रीले जनमतको अपमान गरी संविधान विघटन गरेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओली भारतीय ईशारामा चलेको विभिन्न घटनाक्रमहरुले पुष्टी गरेको दाबी गरे ।
नेपाली जनताले तिरेको करवाट बालुवाटारमा भोज खाएका भारतीय जि न्युजका पत्रकार सुधीर चौधरीले सगरमाथा बेस क्याम्पमा पुगेर फेरि एकपट नेपाल र नेपालीको स्वाधिनतामाथि आक्रमण गरेको आरोप प्रदर्शनकारीले लगाएका थिए ।
प्रतिक्रिया