मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले देशमा राजनीतिक क्रान्ति सम्पन्न भैसकेको भन्दै अब शान्तिको बाटोमा हिड्नुपर्ने बताउनुभएको छ । देशलाई तीव्र आर्थिक विकासमा लैजानु बाहेक अरु कुनै विकल्प नभएको भन्दै सबैले त्यतातिर ध्यान दिनुपर्नेमा नेता खनालले जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १० औं बार्षिक साधारणसभामा बोल्दै नेता खनालले अबको पत्रकारिताले समृद्धिको यात्रा तय गर्नुपर्ने बताउनुभयो । अहिलेको राजनीतिक परिवर्तनमा पत्रकारको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अब विकास केन्द्रित पत्रकारितामा जोड दिदैं मुलुकलाई समृद्धिको दिशामा लैजाने गरी कलम चलाउन उहाँले आग्रह गर्नुभयो ।
मुलुकलाई सिंगापुर बनाउनेसम्मका सपना बाडेपनि पूरा हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै नेता खनालले भाषणमा मात्र समृद्धि भन्दापनि काम गरेर देखाउने बेला आएको बताउनुभयो ।
कुरा गर्ने काम नगर्ने जो सुकै नेतालाई पत्रकारले झकझकाउनुपर्नेमा जोड दिदैं उहाँले आफुले गर्ने कमजोरीलाई पनि औल्याइदिन आग्रह गर्नुभयो ।
पत्रकार कुनैपनि विचारको पक्षधरता हुनु हुँदैन भन्दा पनि पक्षधरता भित्र पनि निष्पक्षता खोज्न सके पत्रकारिता पेशा मर्यादित हुने कुरामा जोड दिनुभयो ।
प्रतिक्रिया