काठमाण्डौ ।
काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा एकैपटक बत्ती गएको छ ।सोमबार बेलुकी काठमाण्डौ, भक्तपुर र ललितपुरका धेरै ठाउँमा एकैपटक बत्ती गएको हो । प्राधिकरणले प्राविधिक समस्याका कारण केही समय कहीँ कतै बिजुली बत्ती काटिएको भए पनि त्यसलाई लोडशेडिङको रूपमा नबुझ्न आग्रह गरेको हो ।
पछिल्लो केही महिनायता ग्राहकहरूले पटक–पटक बत्ती जाने गरेको गुनासो गर्दै आइरहेका छन् तर प्राधिकरण भने हप्तैपिच्छे विज्ञप्ति निकाल्दै लोडशेडिङ भएको नमान्न आग्रह गर्दै आइरहेको छ । लुम्बिनी प्रदेशका कपिलवस्तुसहितका जिल्लामा पनि आजभोली झ्याप्पझ्याप्प लाइन जाने गरेको छ । यसरी लाइन जाँदा फेरि लोडसेडिङ हुने हो कि भनेर आम सर्वसाधारणले चिन्ता गर्न थालेका छन् ।
हिउँद लागेपछि पटकपटक विजुली काटिने समस्याले उपभोक्ता हैरान छन्। काठमाडौँ उपत्यकामा गएको मंसिरमा मात्र ३४७ पटक बत्ती गएको थियो । तर, विद्युत् प्राधिकरणले लोडसेडिङ नभइ अन्य कारणले बत्ती गएको जनाएको छ।
उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको प्राधिकरणले जानकारी दिएको छ।
प्रतिक्रिया