१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

रैथाने बाली उन्नत खेती प्रविधि सम्बन्धी तीन दिने तालिम सम्पन्न



मायादेवी अनलाइन, जितपुर ।
रैथाने बाली उन्नत खेती प्रविधि सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना वाणगंगा नगरपालिकाको सहयोगमा वाणगंगा २ गब्ड्डीयामा तीन दिने तालिम संचालन गरिएको थियो ।

संघीय सरकारद्धारा ससर्त अनुदानमा आएको बजेट अन्तरगत उक्त तालिम संचालन गरिएको हो । रैथाने बालीको जगेर्ना गर्दै ब्यवसायीक तरकारी खेती प्रर्बद्धन गर्ने उद्देश्यले कृषकहरुलाई तालिम दिइएको हो ।

तीन दिने तालिममा कृषकलाई बेसार खेती प्रविधि, अन्यबाली उत्पादन बारे जानकारी गराइएको थियो । तालिममा लेष बहादुर केसी, धनिराम आचार्य, सन्तोस भुसाल, पदमलाल घिमिरे सहजीकरण गर्नुभएको थियो ।

समापन कार्यक्रममा सिद्धार्य सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य, चेतना अधिकारी लगाएतले बोल्दै तालिममा सिकेका कुरा ब्यवहारमा उतार्दै ब्यवसायीक रुपमै कृषि गर्न आग्रह गर्नुभएको थियो । तालिममा सहभागी गब्ड्डीयाका २० जना कृषकले जग्गा लिजमा लिएर सामुहिक तरकारी खेती गर्ने जनाएका छन् ।

प्रकाशित मिति : २५ पुस २०७७ शनिबार ००:००  ८ : ५७ बजे