८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अमेरिकी तल्लो सदनमा पुनः पेलेसी निर्वाचित



एजेन्सी ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सभामुखमा न्यान्सी पेलोसी पुनः निर्वाचित हुनुभएको छ । सोमबारदेखि सुरु भएको संसदको बैठकले ८० वर्षका पेलोसीलाई सभामुखमा पुनः निर्वाचित गरेको हो ।

पेलोसी १७ वर्षदेखि हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टी नेता रहँदै आउनुभएको छ । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिपछिको शक्तिशाली पदका रुपमा सभामुखलाई लिइन्छ । यदि राष्ट्रपति र उपराष्ट्रपति काम गर्न नसक्ने अवस्था भएमा सभामुख नै अमेरिकी राष्ट्रपति हुने प्रावधान रहेको छ ।

गत नोभेम्बर ३ मा माथिल्लो सदन सिनेटका लागि एक सयमध्ये ३५ सिटमा निर्वाचन भएको थियो भने तल्लो सदनका सबै सिटमा निर्वाचन भएको थियो । निर्वाचित सांसदहरुले आइतबार नै सपथग्रहण गरेका छन् । सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा केही सिटहरु भने अझै पूर्ति हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : २० पुस २०७७ सोमबार ००:००  १० : ०८ बजे