८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगा नदीको नदीजन्य पदार्थ चोर्ने १२ ट्याक्टरलाई प्रहरीले समात्यो



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नदीको जदीजन्य पदार्थको चोरीनिकासी भैरहेको भन्ने जनगुनासो बढीरहेका बेला पछिल्लो १२ घण्टामा १२ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पिपराको टोलीले वाणगंगा नदीबाट आइतबार साँझ र राति गरी १२ ट्याक्टरलाई नदीजन्य पदार्थ चोरी गर्नेक्रममा नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले आइतबार साँझ वाणगंगा ५ को बैकुण्ठपुरबाट ९ ट्याक्टर र राति ३ ट्याक्टर गरी १२ ट्याक्टर नदीजन्य पदार्थ निकासी गरिरहेको अवस्थाबाट पक्राउ गरेको मायादेवीलाई बताउँनुभयो ।

नियन्त्रणमा लिइएका ट्याक्टरलाई सोमबार वाणगंगा नगरपालिकामा पठाइने उहाँले बताउनुभयो । यस अघि प्रहरीले ११ वटा ट्याक्टरलाई कारबाही गरेर २ लाख ६५ हजार राजश्व जम्मा गरेको थियो ।

समयमा नदीजन्य पदार्थको निकासी खुल्न नसक्दा वाणगंगा नदीको दोहन बढेको छ । सेटिङमा नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको वाणगंगाबासीको आशंकाका बीच प्रहरीले १२ ट्याक्टर समातेर उदाहरणीय काम गरेको छ।

प्रकाशित मिति : २० पुस २०७७ सोमबार ००:००  १० : १३ बजे