७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

संसद विघटनविरुद्ध काँग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा



काठमाडौं ।

संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन तय गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ । पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ । उक्त सहमति लिएर शीर्ष नेताहरु बैठक हलमा प्रवेश गरेका छन् । दिउँसो १ बजेलाई बोलाइएको बैठक ३ः३० बजेबाट सुरु भएको छ । बैठकमा महाधिवेशनका सन्दर्भमा अन्तर पार्टी समायोजन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ ।

त्यस्तै यसअघि क्रियाशील सदस्यता वितरणको समय मंसिर मसान्तबाट बढाएर माघ मसान्तसम्मलाई थप गरिएको छ । बैठकले माघ ३ गते ७५३ गाउँपालिका, माघ ८ गते ६७४३ वडामा संसद विघटनको विरोध प्रदर्शन गर्ने भएको छ । संसद विघटनविरुद्ध काँग्रेसले एक्लै प्रदर्शनको निर्णय लिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

प्रकाशित मिति : १९ पुस २०७७ आइतबार ००:००  ५ : ४४ बजे