७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

कोरोनाबाट दाङकी महिलाको नेपालगञ्जमा मृत्यु



नेपालगञ्ज ।
नेपालगञ्जको भेरी अस्पतालमा दाङकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पाँच दिनदेखि भेरी अस्पतालमा उपचार गराइरहेकी दाङ लमही–८ की ६५ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, स्वास्थ्यमा समस्या भएपछि पुस १३ गते नेपालगञ्ज ल्याइएकी महिलाको भोलिपल्ट स्वाव परीक्षण गर्दा १५ गते कोरोना पुष्टि भएको थियो ।

बाँकेका दुई ठूला अस्पतालमा उपचार गराउन आउँदा ७८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । बाँकेमा मृत्यु भएकोमा धेरै दाङका रहेका छन् ।

प्रकाशित मिति : १९ पुस २०७७ आइतबार ००:००  १० : ५५ बजे