बुटवल ।
लेखक, साहित्यकारहरुले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन संविधानको मर्म, व्यवस्था र जनआकांक्षाविपरीत रहेको जनाएका छन् ।
रुपन्देहीका १०१ जना लेखक, साहित्यकारहरुले शनिबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले राजनीतिक संकटको बहानामा बहुमतको सरकारले प्रतिनिधि सभा भंग गर्नु जनताको संघर्ष, बलिदान र उपलब्धिमाथिको कुठाराघात रहेको उल्लेख गर्दै यसप्रति गम्भीर खेद प्रकट गरेका हुन् ।
राजनीतिक उतारचढावका कारण सिर्जित समस्यालाई संविधानको दायरामा रहेर समाधान गर्न सकिने उल्लेख गर्दै उनीहरुले वचन तथा कर्ममा संयम अपनाई गम्भीर र सचेत रहन पनि राजनीतिक दलका नेताहरुलाई अपिल गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्ने साहित्यकार तथा लेखकहरुमा बूँद राना, ऋषिराम भुसाल, दिल साहनी, ऋषि आजाद, वनमाली निराकारलगायत रहेका छन् ।
प्रतिक्रिया