काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा कालो मास्क र कालो टोपी लगाउनेलाई प्रवेश निषेध गरिएको छ ।
नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली पक्षले काठमाडौंको आज आयोजना गरेको जिल्ला कमिटी भेलामा सहभागी हुन जाने कालो टोपी र कालो मास्क लगाउने नेता तथा कार्यकर्ताहरुलाई सुरक्षाकर्मीहरुले गेटबाटै फर्काइदिएका थिए ।
यस्तै, यही हप्ता कार्की पार्टी प्यालेसमा आयोजित प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा पनि कालो मास्क र कालो टोपी लगाउन निषेध गरिएको थियो ।
कालो झण्डाको रुपमा कालो टोपी र मास्क प्रयोेग गरेर कार्यक्रममा सहभागीले ओलीको विरोध गर्नसक्ने आशंकामा सुरक्षा कर्मीलाई कालो टोपी र मास्क प्रयोग गर्नेलाई कार्यक्रममा निषेध गर्न निर्देशन दिइएको बताइएको छ ।
प्रतिक्रिया