७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

प्रधानमन्त्री ओलीको पुनः ठोकुवाः प्रतिनिधिसभा पुनर्स्थापना हुनै सक्दैन्



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन् । राजधानीमा आयोजित सभामा बोल्दै ओलीले देश चुनावमा गइसक्यो भन्दै संसद पुनर्स्थापना हुन्छ भनेर कसले भन्योरु भनी प्रश्न सोधे ।

‘संसद पुनर्स्थापना भयो भने प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा भइरहेका छन्, कहाँबाट आयो योरु निर्वाचन आयोग, सुरक्षा निकाय चुनावमा लागिसके,’ उनले भने ।

ओलीले देशमा अस्थिरता र लोकतन्त्र खतरामा परेपछि संविधानसभा विघटन गरेको बताए । उनले आफूलाई स्थापित भन्ने मिडियामा भड्काउन जाली र प्रायोजित समाचार आउने गरेको दाबी गरे ।

ओलीले आफूले नेतृत्व गर्न पाइराख्यो भने देश सर्लक्कै देश खायो भनेर केही मान्छेलाई भत्भती पोलिरहेको बताए । प्रचण्ड-माधव नेपालतर्फ लक्षित गर्दै उनले भने, ‘मैले केही वर्षअघि भनेको थिएँ-गोरु नांगै देख्दा मलाई लाज हुँदैन । मानवीय सभ्यता र मर्यादा ख्याल गर्दा हुन्थ्यो । देख्नेहरूलाई धेरै लाजभइसक्ययो उहाँहरूका कृत्यले ।’

प्रकाशित मिति : १८ पुस २०७७ शनिबार ००:००  ५ : ०५ बजे