दाङ ।
प्रदेश १ दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टि-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा प्रदेश-१ ले लुम्बिनीमाथि १० विकेटको फराकिलो जित दर्ता गरेको हो ।
लुम्बिनी प्रदेशले दिएको ५३ रनको लक्ष्य प्रदेश-१ ले ८-५ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि कप्तान रुविना क्षेत्रीले अविजित २६ र काजल श्रेष्ठले अविजित २२ रनको योगदान दिए । रुविनाले ३० बलमा २ चौका र १ छक्का प्रहार गर्दा काजलले २३ बलमा २ चौका प्रहार गरिन् ।
लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले १४.१ ओरभरमा सबै विकेट गुमाउदै ५२ रनको योगफल तयार पारेको थियो ।
प्रदेश-१ विरुद्ध लुम्बिनीको प्रदर्शन निकै फिलतो थियो । उसका लागि नितु भण्डारीले २१ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीका ब्याट्सम्यानबीच तालमेल नमिलेको स्पष्ट देखिनथ्यो । ५ रन आउटले पनि यसको पुष्टि गर्छ । प्रदेश-१ का लागि निमा तामाङ र संगिता राईले समान २-२ विकेट हात पार्दा रुविना क्षेत्रीले १ विकेट लिइन् ।
प्रदेश-१ ले उपाधिका लागि आइतबार साविक विजेता विभागीय टोली एपिएफको सामना गर्नेछ ।
प्रतिक्रिया