काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएकी छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् ओलीले भ्रष्टाचारको संरक्षण गर्नुका साथै गफ मात्रै लगाएर काम गर्न नसकेको आरोप लगाएकी हुन् ।
उनले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीको नभएको दाबी गरेकी छन् । ‘भ्रष्टाचारीको संरक्षण गरेको सत्य हो । हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो । काम गर्न सकिनँ भनेर जाने संसदमा हो’ उनले लेखेकी छन्, ‘संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन। यस्तो असंवैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन ।’
प्रतिक्रिया