काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षले आज शनिबार दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ। दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनको घोषणा गर्ने तयारी प्रचण्ड–नेपाल पक्षले गरेको हो।
यसअघि नै दोस्रो चरणको आन्दोलन घोषणाको तयारी गरको यो समूहले नेपाली कांग्रेस र जसपाको साथ लिएर संयुक्त आन्दोलन गर्ने भन्दै समय लिएको थियो। तर जसपा र कांग्रेसले स्पष्ट साथ नदिएपछि एक्लै आन्दोलन गर्ने रणनीति प्रचण्ड–नेपाल समूहले लिएको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेस र जसपासँग आन्दोलनमा सहकार्यका लागि पहल भइरहेको तर त्यसबारे टुंगो लागि नसकेको बताए। उनले भने, ‘कांग्रेस र जसपासँग सहकार्यका लागि पहल गरिरहेका छौँ, त्यसबारे दिउँसोसम्म थाहा होला ।’
अहिले पार्टीको संघर्ष समन्यव समितिको बैठक बसिरहेको छ। यो बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने र त्यसलगत्तै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ। प्रधानमन्त्री केपी ओलीले हठात प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ।
प्रतिक्रिया