मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँबाट लागु औषधसहित समातिएका दुई युवकमाथि प्रहरीले मुद्धा चलाउने भएको छ । बालापुरको एक घरमा डेरा नै लिएर लागुऔषधको कारोबार गरिरहेका पुल्चोकका ३० बर्षिय बिकास परियार र रुपन्देहीको सैनामैना नगरपालिका ४ मुर्गियाका ३१ बर्षिय सुरज थापालाई सिटङ अप्रेसनको क्रममा इलाका प्रहरी कार्यालय पिपराले शुक्रबार राति रंगे हात समातेको थियो ।
४ ग्राम ब्राउन सुगरसहित, २ थान तौल गर्ने डिजिटल मेसिन र ३४ हजार १ सय ५० रुपैयाँ नगद, अरुक्को पासपोर्ड समेत बरामद गरिएकोले उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्धा चलाइने प्रहरी निरिक्षक दिनेश गुरुङले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । ती कोरोबारीले स्थानीय योगराज ज्ञवालीको घर नै डेरामा लिएर लागु औषध कारोवारमा संलग्न भएको प्रहरीले खुलाएको छ ।
प्रहरीले यिनलाई ठुलै गिरोहको शंकामा राखेपनि सोधपुछमा उनीहरुले अरु केही पनि खुलाएका छैनन् । स्थानीयले ती कोरोबारी कपिलवस्तुमा लागु औषधको डिलर नै संचालन गरी बसेका मायादेवीसंग बताए । यद्यपी प्रहरीले भने यसबारे अझै अनुसन्धान गर्दै छ ।
यस्तै केही दिनअघि बाणगंगा ७ बाट १ ग्राम ८७ मिलिग्राम ब्राउन सुगरसहित पक्राऊ परेका २ युवकमाथि पनि थप अनुसन्धान भइरहेको गुरुङले बताउनु भयो । लागु औषध नियन्त्रणमा एक्सनमा रहेको प्रहरीले गत ३ महिनामा शंकास्पद, राति हिँड्ने, समुह बनाउने ३ सय २५ बढीलाई नियन्त्रणमा लिई आवश्यक सोत्रपुछ पछि अभिभावकको जिम्मा लगाइसकिएको पनि प्रहरी निरिक्षक गुरुङले बताउनु भयो ।
पछिल्लो समय जनस्तरबाट लागु औषध कारोबार र प्रयोगको सम्बन्धमा ब्याप्त जनगुनासो आएकाले यसमा प्रहरी सचेत रहेको उहाँको भनाई छ । लागु औषध अपराधहरुको जननी भएकाले यसमा संलग्नहरुलाई भनसुनको आधारमा त्यसै छोड्न नसकिने उहाँको भनाई छ । समाजमा यस्ता संकास्पद वस्तु या ब्यक्ति फेला परेमा प्रहरीलाई गोप्य जानकारी दिन पनि उहाँले आग्रह गर्नुभयो ।
र, यो पनि…कपिलवस्तुको बोडगाउँमा प्रहरीको छापा, लागु औषधका २ कारोबारी रंगेहात समातिए
प्रतिक्रिया