काठमाडौँ । अस्ट्रेलियाको व्यावसायिक क्रिकेट प्रतियोगिता बिग बास लिग(बिबिएल) खेल्न अस्ट्रेलिया पुगेका सन्दीप लामिछाने मैदान उत्रन तयार भएका छन्।
उनी १५ दिनको क्वारेन्टिनबाट बाहिर निस्किएका हुन्। प्रतियोगिताको पूर्व सन्ध्यामा सन्दीपलाई कोरोना संक्रमण भएपछि उनी बीबिएल सुरु भएको झण्डै २० दिनपछि मात्र खेल्न तयार भएका हुन्। सन्दीप डिसेम्बर १५ तारिखमा अस्ट्रेलिया गएका थिए।
सन्दीप बीबिएलको यो सिजन होबर्ट हुरिकेन्सबाट खेल्दैछन्। हुरिकेन्सले ६ खेलमा चार जित र दुई हार ब्यहोरेको छ। उसले अघिल्लो खेलमा ब्रिसबेन हिटलाई एक रनले हराएको थियो।
हुरिकेन्सले आगामी खेलमा शनिबार मेलबर्न स्टार्ससँग खेल्दै छ। स्टार्सले पाँच खेलमा दुई जित र दुई हारसहित १० अंक जोडेको छ।
बीबिएलको अघिल्ला दुई सिजन सन्दीपले स्टार्सबाट खेलेका थिए। इन्डियन प्रिमियर लिग(आईपीएलमा यो सिजन एक खेल पनि खेल्न नपाएका सन्दीपले बिग बासमा उनको महत्व स्थापित गर्नु पर्नेछ।
प्रतिक्रिया