मायादेवी अनलाइन, चार नम्बर।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा प्रहरीले छापा मारेको छ । लागु औषध कारोबारीको शंका लागेर वडाको बालापुरस्थित एक घरमा छापा मार्दा लागु औषधसहित सुरज थापा र विकास परियार नाम गरेका २ युवक पक्राऊ परेका हुन् ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको कमाण्डमा खटिएको अप्रेसन टोलीले साँझ ७ बजेतिर शंकास्पद घरमा छापा मारेको थियो ।
त्यसपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । ती २ कारोबारीले बोडगाउँमा एक घर नै डेरा लिएर लागु औषध ओसारपसार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरुको साथबाट केही लागु औषध र नगद रुपैयाँ पनि बरामद भएको छ । लागु औषधको प्रकार र परिणामबारे भने प्रहरीले अहिलेसम्म केही भनेको छैन । त्यसबारे थप अनुसन्धान जारी छ ।
अहिले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको गुरुङले बताउनु भयो । दुई जनामध्ये एक जनाको घर पुलचोकनेर रहेकोमा त्यहाँ पुगेर पनि प्रहरीले खनतालसी गरेको थियो । त्यहाँबाट पासपोर्ड समेत भेटिएको छ ।
उनीहरु कारोबारी हुन या होइनन्, उनीहरुसंग ककसको साँठगाँठ छ यसबारे पनि गहिरो अनुसन्धान हुने गुरुङले मायादेवीसंग बताउनु भयो ।
प्रतिक्रिया