मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा वन उपभोक्ताहरुले आज यातायत बन्द गर्दै छन् । वैज्ञानिक बन व्यवस्थापन सञ्जालले कपिलवस्तुमा यातायात बन्द आहुवान गरेका हुन् ।
उपभोक्ताले यातायात बन्दको घोषणा गरे पनि कुनै पनि हालतमा यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ । विहान ११ बजेबाट बन्द हुने जनाइएको छ । त्यसको लागि विहान ११ बजे कपिलवस्तु र रुपन्देहीको सिमामा उपभोक्ताहरु जम्मा हुने बताइएको छ ।
कपिलवस्तुका प्रहरी प्रमुख नबराज अधिकारीका अनुसार बन्द रोक्न विहानैदेखि ठाउँठाउमा प्रहरी परिचालन गरिएको बताउनु भयो ।
यातायात बन्दको घोषणाले माग पूरा हुदैन बिकल्प अरु पनि छन् । यसरी आमहडताल गर्दै जनतालाई सास्ती दिएर बन्द गर्न पाइँदैन । कुनै समुहले पनि यस्तो गर्न पाउँदैन उहाँले भन्नुभयो । सरकारले वैज्ञानिक वन व्यवस्थापनमा लगाएको रोक फिर्ता नलिएको भन्दै उउपभोक्ताले जारी गरेका चरणवद्ध कार्यक्रम अन्तर्गत आज बन्द गरिएको हो ।
उनीहरुले अस्ति कपिलवस्तुको चन्द्रौटा डिभिजन वन कार्यालय घेराउ समेत गरिसकेका छन् भने सरकारलार्ई थप दबाब दिन आजको लागि कपिलवस्तु बन्द आह्वान गरिएको संजालकी अध्यक्ष रेणु सेनले जानकारी दिनु भयो ।
वन सबैको भएको हुनाले बन्द सफल बनाउन सघाउन पनि उहाँको सबैलाई आग्रह छ । बन्दको प्रभाव विहानैदेखि परेको छ । केहीदिन अघिबाट बन्द भनिएकाले विहानै हिजो अस्तिको तुलनामा यातायत थोरै मात्रामा चलेका छन् ।
प्रतिक्रिया