७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

विभाजनपछि ओलीद्धारा प्रचण्डलाई पहिलो फोन, र भने पत्नीको ख्याल गर्नू !



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि पहिलो पटक ओली र प्रचण्डबीच टेलिफोन वार्ता भएको हो ।

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना भएपछि ओलीले टेलिफोन गरेका थिए । ओलीले फोन गरेर सिताको स्वास्थ्य अवस्था सोधेको ओली समूहका नेता सुवास नेम्वाङले बताए । उहाँका अनुसार ओलीेले दाहाललाई आफ्नी पत्नी सिताको विशेष ख्याल गर्न आग्रह गर्नु भएको छ ।

यसपछि पौडेल र नेम्वाङ भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका थिए । अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेर उनीहरु फर्किएका छन् । सीता दाहाललाई आकस्मिक समस्या देखिएपछि बुधबार मात्र अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७ बुधबार ००:००  १० : १६ बजे