काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को बैंक खाता रोक्का हुने भएको छ । आन्तरिक विवादपछि विभाजनको औपचारिक घोषणामात्रै हुन बाँकी रहेको नेकपाको विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता रहेका छन्, ति सबै बैंक खाता रोक्का हुने भएको हो ।
निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म दुबै पक्षले खाता सञ्चालन गर्न नपाउने गरी रोक्का हुने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । पार्टीभित्र बिवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै तत्काल खाताहरु रोक्का गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले हस्ताक्षर गरेर बैंकहरुलाई पत्राचार गरेका थिए ।
प्रतिक्रिया