७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मेलमिलाप दिवसः काँग्रेसले भोलि ७७ वटै जिल्लामा विरोधमा कार्यक्रम गर्ने



काठमाडौं ।

नेपाली काँग्रेसले यो वर्षको राष्ट्रिय एकता मेलमिलाप दिवसलाई सरकारले गरेको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने भएको छ । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न यो वर्षको मेलमिलाप दिवस केन्द्रीत हुने बताए ।

काँग्रेसले २०३३ साल पुस १७ गते देखि हरेक वर्ष सोही दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । यो वर्ष मेलमिलाप दिवसको कार्यक्रम ७७ वटै जिल्लामा मनाउने निर्णय काँग्रेसले गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०७७ बुधबार ००:००  ६ : ५२ बजे