७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

नवनिर्वाचित अध्यक्ष पौडेल भन्छन् ‘ट्याक्टर किसान तथा व्यवसायीका समस्या हल गर्छु’



मायादेवी अनलाइन, चार नम्बर।

नेपाल किसान ट्रयाक्टर समिति कपिलवस्तुको अध्यक्षमा निर्वाचित शंकर पौडेलले वास्तविक ट्याक्टर किसान र ब्यवसायीका समस्यामा आफू केन्द्रित हुने बताउनु भएको छ । समितिको आठौँ अधिवेशनबाट अध्यक्षमा चयन हुनु भएका उहाँले मायादेवीसंग छोटो कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।
प्रतिद्धन्धी मनोहर योगीलाई १० मतको झिनो अन्तरले पराजित गर्दै पौडेल विजयी हुनु भएको थियो । चुनावमा जे भए पनि अब भने साझा भएर सबैलाई मिलाएर लैजाने पनि उहाँको भनाई छ ।

ट्याक्टर ब्यवसायीका आफ्नै समस्या भए पनि कतिपय ठाउँमा कमजोरी पनि रहेको हुँदा आगामी दिनमा ती कमजोरीलाई पनि हटाउने गरी काम गर्ने उहाँको भनाई छ । खेत जोत्ने तथा ठेसर लगाउने कार्य लगायतमा पनि एकरुपता नभएकाले अब त्यसमा एकरुपता कायम गर्न आफूले पहल गर्ने उहाँले बताउनु भयो । पौडेल रेडियो मायादेवीका शेयर सदस्य पनि हुनहुन्छ ।

Image may contain: 5 people, including Bishnu Khatri Khatri, people dancing, people standing and indoor

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा वेचन यादव, उपाध्यक्ष शिवराज क्षेत्रका देविराम अधिकारी, शिवराज क्षेत्र अब्दुल सत्तार खाँ, महासचिवमा झविन्द्र खनाल चयन हुनु भएको छ भने क्षेत्रगत उपाध्यक्षमा बाणगंगाबाट हरि प्रसाद न्यौपान, रुपन्देहीबाट भिम श्रेष्ठ बिजयी हुनु भएको थियो ।

यस्तै सचिवमा सन्तोष खत्री मरासिनी र कोषाध्यक्षमा विष्णु गिरी चयन हुँदा लेखा समिति संयोजकमा पदम रेग्मी चयन चयन हुनु भएको छ । सदस्यहरुमा बिक्रम पाण्डे केदारनाथ पाण्डे, राम बहादुर भुषाल निर्विरोध हुन सफल हुनु भएको थियो ।

प्रकाशित मिति : १५ पुस २०७७ बुधबार ००:००  ४ : ३६ बजे