मायादेवी अनलाइन चार नम्बर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोख्रेलले संसद विघटन अघिका ३ रहस्य खुलाएका छन् । नेकपा कपिलवस्तुले मंगलबार कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै पोख्रेलले प्रचण्डमाथि आरोप लगाउँदै संसद विघटन अघिका तिन रहस्या खुलाएका हुन् ।
उहाँले संसद विघटन अघि ओलीले प्रचण्डसँग सहमतिका लागि अधिकतम प्रयास भएको बताउनु भयो । ‘पहिलोमा दुबै बीच सहमति गरी अधिवेशन गरी प्रथम अध्यक्षलाई बिदा गर्ने र पाँच वर्ष सरकार चलाउन दिने, दोस्रोमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने र अन्तिम विकल्पमा पार्टीमा तेस्रो ब्यक्तलाई प्रधानमन्त्री बनाउने । तेश्रो प्रधानमन्त्रीको लागि काम्रेड वामदेव गौतमलाई अगाडि सार्ने । तर सहमति हुन सकेन । प्रचण्डले माननुभएन’,उहाँले भननुभयो । यिनै तीन विकल्पमा सहमति नहुँदा नेकपा भित्र संकट उत्पन्न भएको उहाँको भनाई छ । मुख्यमन्त्री पोख्रेलले अझै पनि सहमतिको सम्भावना रहेकोमा जोड दिनु भयो ।
प्रचण्ड र माधव कुमार नेपाल पार्टी र सरकारलाई असफल बनाउन लागेकाले बाध्य भएर ओलीले पछिल्लो कदम चालेको बताउनु भयो। सम्बोधनका क्रममा पोख्रेलले वैशाखमा चुनाव हुनेमा द्धिविधा नपाल्न आग्रह गर्नु भयो ।
केपी ओली सरकारले राम्रो काम गरेको भन्दै अब चुनावपछि मुलुकले थप गति लिने उहाँको भनाई छ । कतिपयलाई चुनाव हुँदैन कि भन्ने लागेको हुनाले चुनाव हुनेमा ढुक्क हुन उहाको आग्रह छ ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य विमला घिमिरेले नेकपा एक ढिक्का रहेर अगाडि बढेको बताउनुभयो । नेता घिमिरेले नेकपाका कार्यकर्ता यता र उता भनेर विभाजन नगरेको पनि दाबी गर्नुभयो । जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्ष्तामा भेला सम्पन्न भएको थियो ।
प्रतिक्रिया