मायादेवी अनलाइन, वाणगंगा ।
नेपालमा शिक्षा क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै शैक्षिक विकासलाई मूर्तरुपमा लैजानुपर्ने माग राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगर समितिले बाणगंगा नगरपालिका समक्ष ज्ञापन पत्र पेश गरेको छ ।
संगठनले नगरपालिकाभित्र शिक्षक विधार्थीको अनुपात कही बढि त, कही कम रहेकोले सो कार्य तुरुन्तै हटाउन माग राख्दै ज्ञापनपत्र नगरपालिकालाई बुझाएको हो ।
साथै शिक्षाको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि स्थानीय तहको आन्तरिक स्रोतको २० प्रतिशत रकम शिक्षामा लगानी गर्न संगठनले आग्रह गरेको छ ।
नेपालको संविधान अनुसार माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा प्रदान गरेकोले स्थानीय तह पूर्ण रुपमा जवाफदेही हुनुपर्नेमा संगठनले जोड दिएको छ ।
आवश्यक शिक्षक दरबन्दी र यथेष्ट आन्तरिक स्रोत साधन हुँदा हुँदै पनि नगरपालिकाले शिक्षा क्षेत्रलाई उपेक्षा गरेकोले संघले आपत्ति जनाएको छ ।
शिक्षण पेशाप्रति जिम्मेबार संगठनको हैसियतले शैक्षिक क्षेत्रमा संगठनले माग गरेका कार्य तत्काल कार्यान्वयनमा नल्याएमा चरणबद्ध रुपमा आन्दोलनमा जाने शिक्षक संगठनल वाणगंगाका नगर अध्यक्ष जगतराज रेग्मीले बताउनुभएको छ ।
प्रतिक्रिया