७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

सुदूरपश्चिम प्रदेशमा ओली समूहका मन्त्री बोहरा बर्खास्त



काठमाण्डौ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई आज पदमुक्त गर्नुभएको छ । मन्त्री बोहरालाई पदमुक्त गरी प्रदेश प्रमुखलाई जानकारी गराइसकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । अहिलेको राजनीतिक परिस्थितिका कारण उहाँलाई हटाइएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । बर्खास्तमा परेका मन्त्री बोहरा नेकपाको केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य हुनुहुन्छ ।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहराले पदमुक्त भएपछि प्रतिक्रिया दिँदै राजनीतिक पूर्वाग्रह राखेर आफूलाई पदमुक्त गरिएको हुनसक्ने बताउनुभयो ।

प्रकाशित मिति : १४ पुस २०७७ मंगलबार ००:००  ३ : ०४ बजे