काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
यसैगरी, हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भूभागमा हुसु र कुहिरो लागेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमानः
पौष १४ गते (मंगलबार)
दिउँसोः प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष १५ गते (बुधबार)
दिउँसोः सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष १६ गते (बिहीबार)
दिउँसोः सुदूरपश्चिम, कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः सुदुरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेश भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया