७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

फेक न्यूज शेयर गर्दा ओली समूहकी नेतृ घिमिरेलाई कार्यकर्ताले हपारे !



मायादेवी अनलाइन, वाणगंगा ।
फेक न्यूज शेयर गरेर नेताहरुको बीचमा फुट ल्याउन खोज्ने नेकपा ओली समूहकी केन्द्रिय सदस्य विमला घिमिरेलाई कार्यकर्ताले हपारेका छन् ।

राष्ट्रियसभा सदस्य समेत रहेकी घिमिरेले सोमबार साँझ ‘माधव नेपाल पार्टी अध्यक्ष होइनन्, चित्त बुझाउन भनिदिएको मात्र होः अध्यक्ष प्रचण्ड’ शिर्षकको फेक न्यूज आफ्नो फेसबुकवालबाट शेयर गरेकी थिइन् ।

कट्टर ओली समूहकी नेतृको रुपमा चिनिदै आएकी घिमिरेले अध्यक्ष प्रचण्डले बोल्दै नबोलेको तथ्यहिन, आधारहिन समाचारलाई शेयर गरेर अध्यक्ष दोय प्रचण्ड र नेपालबीच फाटो हाल्ने काम गरेको भन्दै नेकपाका कार्यकर्ताले कमेन्ट मार्फत घिमिरेलाई हपारेका हुन् ।

नेकपाका जिल्ला नेता कमल आचार्यले घिमिरेको शेयर गरेको न्यूजको कमेन्टमा स्तर…भनेर लेख्नुभएको छ । यतिमात्र होइन् नेता आचार्यले ‘हाहाहा फ्याक न्यूज सेयर कठै राष्ट्री’ लेख्नुभएको छ ।

यस्तै युवा नेता भरत पोख्रेलले कठै यस्ता फेक न्यूज पनि शेयर गर्ने लेख्नुभएको छ । नेकपाका बौद्धिक नेतामा पर्नुहुने कमल चुदालीले हावादारी हुईयाको संज्ञा दिनुभएको छ ।

पत्रकार अर्जुन बेल्वासेले ‘एउटा माननीय जस्तो मान्छे ले कुरा नबुझि फेक समाचार सेयर गरेको कत्ति सुहायन’ लेख्नुभएको छ ।

यस्तै आभाष पौडेलले ‘तपाई नेता संगै एउटा माननीय पनि हो है । त्यो बिर्सन भएन । माननीय ज्यु । कुन कतिको सहि त्यो तपाईलाई राम्रोसँग थाहा छ ।’ लेख्नुभएको छ ।

क्रान्तिकारी मोहन शर्माले ‘सत्यता नभएको समाचार पोस्ट गर्दा हजुर जत्तिको बौद्धिक माननीय ज्युले बिबेक पुर्याउनु पर्छ । पत्रकार पनि पैसा र पार्टी हुन थाले आफुले स्वबिबेक पु¥याउनु पर्छ ।’ भनेर सुझासहितको कमेन्ट लेख्नुभएकोछ ।

उक्त समाचारमा कुनै सत्यता नभएको भन्दै अध्यक्ष प्रचण्डको सचिवालयले सोमबार साँझ नै विज्ञप्ति प्रकाशित गरी खण्डन गरेको छ । यस्तो छ प्रचण्डको सचिवालयको खण्डन ।

भ्रामक र दुराग्रहपूर्ण दुष्प्रचारको खण्डनः

एक अनलाईन मिडियाले चिनिया‘ टोली संगको भेटमा अध्यक्ष कमरेड प्रचण्डले अध्यक्ष कमरेड माधव नेपालका बारेमा गरेको टिप्पणी “माधव नेपाललाई अध्यक्ष पद केवल भनिएको मात्र हो।” भन्ने खालको समाचार सम्प्रेषण गर्नु हाम्रो पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालका बीचमा फाटो पार्ने कुत्सित मनसायबाट प्रेरित छ र नियोजित हिसावले राजनीतिक दुराग्रहपूर्ण निराधार मिथ्या प्रचार बाहेक यो केही नभएको जानकारी गराउँदछौं । पार्टी एकीकरण पश्चात एकीकृत पार्टीमा भएको दुई अध्यक्षात्मक व्यवस्थाप्रति दुबै अध्यक्षहरु दृढ रहनुभएको र दुबै जना बराबर अध्यक्षको हैसियतमा रहनुभएको स्पष्ट गर्न चाहन्छौं । यस्ता दुश्प्रचारको खण्डन गर्दै यसको भ्रममा नपर्न पार्टीका सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।

No description available.

यता नेतृ घिमिरेले नेकपाका स्थायी कमिटी सदस्य तथा प्रभावशाली भिम रावलले बोल्दै नबोलेको कुरालाई सुनेर फेसबुक स्टाटस लेख्नुभएको छ । नेता रावलको अपुष्ट भनाई पढेर नेतृ घिमिरेले लेखेको स्टाटस यस्तो छ ।

डा. भिम रावल तपाइले यदि यस्ता शव्दहरु वोलेको हो भने महिलाहरुलाइ यति धेरै अपमान गर्नु भयो कि अब पार्टिवाट मात्र होइन घरवाट पनि निकालिनु पर्छ, किनकि त्यहाँ त महिलाहरु हुन्छन । अहिलेसम्म कम्युनिष्ट पार्टिको नेता र पि एच डि सम्मको अध्यन पनि देखियो ।

नेता रावलले बोल्दै नबोलेको कुरालाई समाचार बनाएर प्रचार गरिएको भन्दै उहाँको सचिवालयले पनि खण्डन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सनकको भरमा संसद विघटन गरेर असंबैधानिक कदम चालेको चन्दै पार्टीले अध्यक्षबाट हटाएको छ । पार्टीले अध्यक्षबाट हटाए लगत्तै आक्रोशित बनेका ओलीले पार्टी विधान विपरित समूह निर्माण गरी पार्टी फुटाउने कोशिसमा छन् । ओलीले पार्टी फुटाउने कोशिस गरेसंगै उनी समूहका नेताहरुले विभिन्न प्रपोगाण्ड मच्चाउन थालेका छन् । सोही अनुसार नेतृ घिमिरेले पनि प्रपोगाण्डा मच्चाउने गरी स्टाटस लेख्दा कार्यकर्ताबाट हपार खाएकी हुन् ।

प्रकाशित मिति : १४ पुस २०७७ मंगलबार ००:००  ७ : २५ बजे