७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

कपिलवस्तुमा सञ्चालित सिड्स कार्यक्रमको समाजमा सकारात्मक प्रभाव



मायादेवी अनलाइन, वाणगंगा ।
सिड्स कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सिद्धार्थ सामाजिक विकास केन्द्र अन्तरगत संचालित सिड्स कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको भन्दै बक्ताहरुले दाबी गरेका हुन् ।

सिद्धार्थ सामाजिक विकास केन्द्र अन्तरगत सिड्स कार्यक्रमको सन् २०२० मा संचालित कार्यक्रमको वार्षिक समिक्षामा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन् ।

सिड्स कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सन्तराम रौतारले सिड्स अन्तरगत समुदायमा संचालित संबाद लगायतका कार्यक्रमले किशोरकिशोरीमा सकारात्मक प्रभाव परेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष रौतारले सन् २०२१ मा पनि वडाले सहकार्य गर्दै जाने बताउनुभयो ।

वणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम भट्राइले सिड्सद्धारा संचालित कार्यक्रम प्रभावकारी भएको र त्यो आफुहरुले अनुगमनका क्रममा पनि पाएको बताउनुभयो ।

वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्यालले २०२१ मा थप परिस्कृत गर्दै कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । यस प्रकारका कार्यक्रम धेरै आएपनि सिड्सको कार्यक्रमले क्षमता बृद्धिदेखि जिविकोपार्जनमा जोड्नेसम्मको काम गरेको उहाँले बताउनुभयो । कोभिड संक्रमणको समयमा पनि विभिन्न कामहरु गरेको भन्दै सिद्धार्थ सामाजिक विकास केन्द्रलाई धन्यवाद दिनुभयो ।

पछिल्लो समय सामाजिक संजालले पनि विभिन्न विकृति फैलाएको भन्दै त्यसलाई न्यूनिकरण गर्ने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

नगर कार्यपालिका सदस्य सरितादेवी ढकालले लागुपद्धार्थ दूव्र्यसनमा युवायुवती फस्ने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्ने कार्यक्रम ल्याउन सुझाव दिदैँ समग्रमा यस वर्षका कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

सिड्सका वरिष्ठ कार्यक्रम संयोजक आरटी खानले थप परिस्कृत तथा परिमार्जित गरी कार्यक्रमहरु ल्याउने बताउनुभयो । साथै कोभिडले निम्त्याएको मनोसामाजिक प्रभावबारे विशेष प्याक सहितको कार्यक्रम ल्याउने बताउनुभयो ।

कार्यक्रममा संबादका किशोरीहरु दीपा थारु, अप्सरा थारु, मिना थापा, राधा थारु, तारावन्ती थारुले सिड्सद्धारा संचालित कार्यक्रमले आफुहरुको क्षमता बृद्धिमा टेवा पुर्याएको बताएका थिए ।

सिड्सका वरिष्ठ कार्यक्रम संयोजक आरटी खानको कार्यक्रममा सिड्स कार्यक्रम अनुगमन तथा मुल्याङकन अधिकृत काशीराम भट्राइले सिड्सद्धारा सन् २०२० मा संचालित विभिन्न कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । कार्यक्रम सामाजिक परिचालक सिता चौधरीको संचालन र सबिता बेल्वासेको स्वागतमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १३ पुस २०७७ सोमबार ००:००  ७ : ५८ बजे